Sunrise appliances
Homeकाठमाडौंस्व. राजकुमार नकर्मीको पुण्यतिथिमा श्रद्धाञ्जली सभा: उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत विशिष्ट नेताहरूको...

स्व. राजकुमार नकर्मीको पुण्यतिथिमा श्रद्धाञ्जली सभा: उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत विशिष्ट नेताहरूको सम्मानजनक उपस्थिति

नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका उपसभापति, महासमिति सदस्य एवं कीर्तिपुर नगरपालिकाका नगर प्रमुख स्व. राजकुमार नकर्मीको १३ औं दिनको पुण्यतिथिमा विशेष श्रदान्जली सभा आयोजना गरियो। कीर्तिपुर नगर समितिको व्यवस्थापनमा, नेपाली कांग्रेस काठमाडौँ १० क्षेत्रीय समिति, प्रदेश क्षेत्र (क) र काठमाडौँ जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्यू प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा पूर्व सहकारी विकास मन्त्री पुकार महर्जन, कांग्रेस सभासद् एवं सांसद राजन केसी, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी लगायतका सम्मानित नेताहरुको उपस्थिति रहेको थियो। श्रदान्जली सभामा उपस्थित सम्पूर्ण पार्टीका कार्यकर्ताहरू, शुभचिन्तकहरू, र नेताहरूले स्व. नकर्मीको जीवन, सन्देश, र मार्गनिर्देशनलाई स्मरण गर्दै, उनको योगदानको उच्च सम्मान प्रकट गरेका थिए।

कार्यक्रमको प्रमुख उद्देश्य स्व. नकर्मीको योगदानलाई सम्झनु र उनका विचारहरुलाई आत्मसात् गर्दै कांग्रेस पार्टीको भविष्य यात्रामा प्रेरणा लिने थियो। उपस्थित नेताहरूले स्व. नकर्मीको असमयिक निधनले पार्टीमा गहिरो क्षति पुगेको र उनको अभाव सदैव खड्किरहने बताए। कार्यक्रममा सहभागीहरूले स्व. नकर्मीप्रति श्रद्धासुमन अर्पण गर्दै, उनको योगदानको सम्मानमा आगामी दिनमा पार्टीलाई थप सबल बनाउन सङ्कल्प गरेका थिए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू