Sunrise appliances
Homeपालिका प्रतिनिधिअधुरा सपना पूरा गर्न तपाईँहरूको साथ आवश्यक छ": जमुना नकर्मीको पीडाभित्रको साहसिक...

अधुरा सपना पूरा गर्न तपाईँहरूको साथ आवश्यक छ”: जमुना नकर्मीको पीडाभित्रको साहसिक सम्बोधन

जमुना नकर्मी, कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर स्व. राजकुमार नकर्मीकी धर्मपत्नी, अहिले जीवनको सबैभन्दा कठिन घडीमा हुनुहुन्छ। श्रीमानको वियोगको पीडाले मस्तिष्क र मन दुवैलाई शून्य बनाएको बेला, वहाँको अनुपस्थितिले घरलाई सुनसान मात्र होइन, आत्मालाई पनि शिथिल बनाएको छ। आज, स्व. राजकुमार नकर्मीको १३ औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा जमुना नकर्मी आफ्नो मनको गहिराइबाट बोलेकी थिइन्।

सभामा बोल्दै गर्दा जमुना नकर्मीको स्वरमा वेदना, आँसुमा असहनीय पीडा र शब्दहरूमा असीमित प्रेमको झल्को थियो। “श्रीमानको अनुपस्थितिमा म आफूलाई सम्हाल्ने कोशिश गरिरहेकी छु,” उहाँले भक्कानिदै भन्नुभयो, “तर आज यहाँ आएर तपाईँहरूको माया र साथले वहाँलाई फेरि एकपल्ट जीवित पाएको महसुस भयो। तपाईँहरूको श्रद्धाञ्जली सुनेर म अत्यन्तै भावुक भएँ। म सधैं वहाँसँग बसेर दुख र पीडा मनमा लुकाउँथें, तर आज यहाँ तपाईँहरूसँग वहाँलाई याद गरेर मन अलि बलियो भएको छ।”

जमुना नकर्मीका यी शब्दहरूमा एउटा यस्तो शक्तिशाली भावना थियो जसले केवल वहाँको गहिरो प्रेम मात्र होइन, वहाँको साहस र समर्पणलाई पनि प्रकट गरिरहेको थियो। “वहाँ शारीरिक रूपमा हाम्रो माझमा हुनुहुन्न तर वहाँको आत्मा र कीर्तिपुरप्रतिको माया हामीसँगै छ। वहाँको अधुरा सपना पूरा गर्न म तपाईँहरूको साथको अपेक्षा गर्दछु,” उहाँले थप्नुभयो।

उनको यो सम्बोधनले सभामा उपस्थित सबैलाई भावविह्वल मात्र बनायो, तर वहाँप्रतिको सम्मानलाई अझ बढायो। वहाँका शब्दहरूले एउटा नारीको साहस र दृढ संकल्पको झलक दियो, जसले हरेक चुनौतीलाई सामना गर्दै समाजप्रति आफ्नो जिम्मेवारी निभाउन तयार भएकी हुन्छिन् ।।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू