Sunrise appliances
Homeकाठमाडौंजलविनायक सामुदायिक वन क्षेत्रको रुख ढल्दा बाटो अवरुद्ध, सुरक्षा निकाय र सामुदायिक...

जलविनायक सामुदायिक वन क्षेत्रको रुख ढल्दा बाटो अवरुद्ध, सुरक्षा निकाय र सामुदायिक वन समितिको तत्परतामा हटाइयो, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, कीर्तिपुर नगरपालिका वडा नं -६ ईश्वरी मार्ग अन्तर्गत पर्ने जलविनायक सामुदायिक वन क्षेत्रको रुख ढलिबाटो अवरुद्ध भएपछि स्थानीय जनप्रतिनिधि, शसस्त्र प्रहरी, नेपाल प्रहरी, र जलविनायक सामुदायिक समितिको सक्रियतामा तत्कालै अवरोध हटाइएको छ। रुखको ढलानले बाटो पूर्ण रूपमा अवरुद्ध भएको र यसले ठूलो जोखिम निम्त्याउन सक्ने अवस्था सिर्जना भएपछि, सबै सम्बन्धित पक्षहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए।

सुरक्षाकर्मी र स्थानिय समुदायको आपसी सहकार्यमा उक्त अवरोधलाई हटाउन समयमै कदम चालिएको हो। यस घटनाले सडक प्रयोगकर्ताहरूमा थप जोखिम निम्त्याउने संभावनालाई मध्यनजर गर्दै, पुनः यस्ता घटना हुन नदिनका लागि उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।

यस किसिमका घटनाहरूले हाम्रो सडक यातायात प्रणालीको स्थायित्वमा चुनौती खडा गर्दै सुरक्षा व्यवस्थापनको महत्वलाई पुनः पुष्टि गरेको छ। सतर्कता अपनाउनु अहिलेको मुख्य आवश्यकता हो, ताकि यस्ता प्राकृतिक वा अप्राकृतिक घटनाहरूले भविष्यमा कुनै ठूलो दुर्घटनाको रूप नलिओस्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू