Sunrise appliances
Homeसमाचारनुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, 

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, 

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ।

दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको नुवाकोटका एसपी शान्तिराज कोइरालाले बताए ।सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको एउटा टोली अहिले त्यहाँ पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले खबरहबसँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थलमा जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर हामीलाई आएको छ ।’

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू