जापानमा ७.१ म्याग्रेच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानिय समय अनुसार बिहिवार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वल्र्डले जनाएको छ। मियाजाकी,कोची,ओइटा,कागोशिमा र इही प्रिपेक्चरहरुमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। साथै त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।
जापानमा शक्तिशाली भूकम्प
सम्बन्धित लेखहरू