Sunrise appliances
Homeललितपुरनागदहमा नागपञ्चमी मेलाका क्रममा ठेचोका श्याम माली डुबे, प्रहरीको तत्काल उद्धारले बच्यो...

नागदहमा नागपञ्चमी मेलाका क्रममा ठेचोका श्याम माली डुबे, प्रहरीको तत्काल उद्धारले बच्यो ज्यान

हिजो दिउँसो करिब ३ बजे ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेलस्थित नागदहमा नागपञ्चमीको अवसरमा आयोजना भइरहेको मेलामा एक अप्रिय घटना भएको छ। गोदावरी नगरपालिका वडा नं. १२, ठेचो निवासी ३९ वर्षीय श्याम माली नागदह पोखरीमा डुबेका थिए। घटनाको जानकारी पाउनासाथ, प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य प्रारम्भ गरी उनलाई सुरक्षित बाहिर निकालेको छ।

समयमै गरिएको प्रहरीको यस उद्धार प्रयासले एक ठूलो दुर्घटना हुनबाट जोगाएको छ। यस घटनाले नागदहमा भेला भएका श्रद्धालुहरूलाई समेत सचेत गराएको छ, र सार्वजनिक मेलामा सुरक्षाको महत्वलाई पुनः एक पटक उजागर गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू