Sunrise appliances
Homeमुख्य समाचारआराध्यदेव बाघभैरवको पवित्र जात्राको तयारीमा जुट्दै कीर्तिपुर,सडक सरसफाईका लागि वडा कार्यालय ३...

आराध्यदेव बाघभैरवको पवित्र जात्राको तयारीमा जुट्दै कीर्तिपुर,सडक सरसफाईका लागि वडा कार्यालय ३ काे आव्हान

कीर्तिपुर नगरपालिका वडा नं. ३ ले आगामी भाद्र १ गते बिहीवारको दिन सडक र सार्वजनिक स्थलहरूमा सरसफाई काे अभियान सञ्चालन गर्न र निर्माण सामग्री हटाउन आह्वान गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि बाघभैरवको मूर्ति खटजात्रा सहित परम्परागत रूपमा नगर परिक्रमा गराइनेछ।

बाघभैरव जात्रा, कीर्तिपुरका बासिन्दाहरूको आस्थाको प्रतीक मात्र नभई, सांस्कृतिक धरोहरको जगेर्ना गर्ने महत्त्वपूर्ण माध्यम पनि हो। यस अवसरमा, स्थानीय जनसमुदायले एकताबद्ध भई आ-आफ्ना वस्तीहरूमा सरसफाई गर्न र वातावरणलाई स्वच्छ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने वडा कार्यालयले जानकारी दिएको छ।

यस वर्षको जात्रालाई विशेष बनाउन, वडा कार्यालयले विभिन्न संघ-संस्थाहरू, स्थानीय क्लबहरू र युवाहरूलाई सहभागी गराउने योजना पनि बनाएको छ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापनका लागि सरोकारवालाहरूको बैठक आयोजना गरिने र आगामी दिनहरूमा विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।

नगरवासीलाई जात्राको तयारीका लागि पूर्वसतर्कता अपनाउन र यस पावन अवसरलाई उल्लासमय तरिकाले मनाउन वडा कार्यालयले सबैलाई अनुरोध गरेको छ। बाघभैरवको भक्तिले भरिएको यो दिनले सम्पूर्ण नगरलाई धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको सन्देश दिने विश्वास लिइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू