सडक छेउ,सम्पदा स्थल र शहरी क्षेत्रमा झिलिमिली बत्ती नराख्न महानगरले सूचना जारी गरेको छ। आईतबार एक सूचना जारी गर्दै महानगरको योजना,अनुगमन तथा मूल्याकंंन एकाईले साउन २१ गतेको बैठकको निर्णयनुसार अर्को व्यवस्थान नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद र जडान कार्य अघि नबढाउन निर्देशन दिने निर्णय भएको बताइएको छ।