Sunrise appliances
Homeपर्यटननेपाल–भियतनामबीच चार्टर उडानको विस्तार: दशैंपछिका दुई उडान तयारीमा

नेपाल–भियतनामबीच चार्टर उडानको विस्तार: दशैंपछिका दुई उडान तयारीमा

काठमाडौंको हात्तीसार स्थित ‘रुप्से होलिडेज’ले नेपाल र भियतनामबीच थप दुई चार्टर उडानमार्फत पर्यटक आदानप्रदान गर्ने घोषणा गरेको छ। दशैंको टिकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ मा सुरु हुने यो पाँच दिने यात्रा कार्यक्रमले नेपाल र भियतनामका पर्यटकहरूलाई नयाँ गन्तव्यसम्म पुर्याउने लक्ष्य लिएको छ।

नेपालबाट भियतनामको राजधानी हानोईमा पुग्ने पर्यटकलाई आकर्षक कार्यक्रमको तयारी गरिएको छ। पहिलो दिन हानोईमा थ्री स्टार होटलमा बासको व्यवस्था गरिएको छ भने दोस्रो दिन निन बिन टापु, तेस्रो दिन हा लोङ बे क्रुज सफारी र चौथो दिन ट्रेन स्ट्रिट तथा हानोई सिटी टुर समावेश गरिएको छ। पाँचौं दिनमा नेपाल फर्कने योजना रहेको छ।

भियतनामबाट नेपाल आउने पर्यटकका लागि पनि विविध गन्तव्यहरूको भ्रमण गराउने व्यवस्था गरिएको छ। भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथमा पुगेर पर्यटकहरूले नेपालको सांस्कृतिक धरोहरको अवलोकन गर्न पाउनेछन्।

चार्टर उडानमार्फत यात्रा गराउँदा, अन्य देश भएर यात्रा गर्नुपर्ने झन्झट र खर्चबाट बच्न सकिने विश्वास गरिएको छ। प्रत्यक्ष उडानको अभावमा यो चार्टर उडान दुबै देशका पर्यटकका लागि सहज र किफायती हुनेछ।

‘हामी रुप्से होलिडेज’ले यस पटकको भियतनाम टुर प्याकेज १ लाख ९ हजार ९९९ रुपैयाँमा सार्वजनिक गरेको छ। यसमा दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्ट पिकअप र ड्रप, ब्रेकफास्टसहितको होटेल बास, स्थानीय टुर खर्च, गाइड र यातायातको व्यवस्था समावेश गरिएको छ।

सस्तो मूल्यमा घुम्न चाहनेहरूका लागि मासिक किस्ताबन्दीको सुविधा पनि उपलब्ध छ। पर्यटकहरूले १२, १८, वा २४ महिनासम्म मासिक ५ हजार रुपैयाँको किस्ताबन्दीमा यो यात्रा गर्न सक्नेछन्।

पछिल्लो वर्षदेखि नियमितरूपमा चार्टर उडानमार्फत पर्यटक आदानप्रदान गरिरहेको यस कम्पनीले यो पटक पनि दुईवटा उडानको तयारी गरिरहेको छ। भियतनाम यात्रा गर्न इच्छुकहरूलाई छिटो सिट सुरक्षित गर्नका लागी रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीलाई सम्पर्क गर्ने सकिन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू