Sunrise appliances
Homeमुख्य समाचारकीर्तिपुर वडा नं १० मा सामाजिक सुरक्षा भत्ता नविकरण अभियान सुरु

कीर्तिपुर वडा नं १० मा सामाजिक सुरक्षा भत्ता नविकरण अभियान सुरु

कीर्तिपुर, वडा नं १० – कीर्तिपुर वडा नं १० का सम्पूर्ण वडाबासीका लागि २०८१/०८२ को सामाजिक सुरक्षा भत्ता नविकरण अभियान सुरु भएको छ। यस अभियान अन्तर्गत, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण नागरिकहरूले आफ्नो नविकरण गर्नुपर्ने छ, जुन प्रक्रिया हिजोबाट औपचारिक रूपमा सुरु भएको हो।

वडाले यो अभियानलाई समयमै सम्पन्न गर्न लागेको  छ र यो प्रक्रिया भाद्र मसान्तसम्म पूरा गर्नुपर्नेछ। यस नविकरण प्रक्रियामा सहभागिता जनाउनका लागि वडाले विशेष आह्वान समेत गरेको छ।

वडाका प्रतिनिधिहरूले सामाजिक सुरक्षा भत्ताको महत्त्वलाई जनाउँदै, नागरिकहरूको हितमा यो प्रक्रिया अनिवार्य भएको र समयमै नविकरण नगरे भत्ता वितरणमा समस्या उत्पन्न हुनसक्ने र साथै, नविकरण प्रक्रिया सरल र सहज बनाउन वडाले विशेष सहायता केन्द्रहरूको व्यवस्था गरेको छ, जहाँ नागरिकहरूले आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्।

यस महत्वपूर्ण अभियानमा वडाका सबै नागरिकहरूको सक्रिय सहभागिता अपेक्षित छ। वडा नं १० ले सामाजिक सुरक्षाका साथै नागरिकहरूको हितलाई प्राथमिकतामा राखेर यस अभियानलाई अघि बढाउने लक्ष्य लिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू