Sunrise appliances
Homeकाठमाडौंआयल निगमका डिपो प्रमुखको सरुवा

आयल निगमका डिपो प्रमुखको सरुवा


थानकोट सहितका आयल निगमका ६ डिपो प्रमुखको आयल निगम लिमिटेडले सरुवा गरेको छ। निगम व्यवस्थापनले मंगलबार साँझ गरेको निर्णय अनुुसार मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज,कोशी प्रादेशिक कार्यालय, विराटनगर,कर्णाली प्रादेशिक कार्यालय,सुर्खेत,नेपालगन्ज इन्धन डिपो,बाग्मती प्रादेशिक कार्यालय थानकोट लगायतका कार्यालयका प्रमुखको सरुवा भएको हो। झापाको चारआलीस्थित शाखा कार्यालय प्रमुखमा गीता सापकोटा धिताललाई पठाइएको छ। त्यहाँ कार्यरत शरण भटराईलाई केन्द्रीय कार्यलयको गुणस्तर विभाग तानिएको छ। नेपालगन्जको इन्धन डिपोमा प्रबन्धक मनोहर डिसी र हवाई इन्धन कार्यालयमा सहायक प्रबन्धक मोहनविक्रम खड्कालाई पठाइएको छ। डिसी केन्द्रीय कार्यालय र खड्का बाग्मती प्रादेशिक कार्यालय,थानकोटमा कार्यरत छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू