Sunrise appliances
Homeकाठमाडौंस्वर्ण भैरवको मूर्ति कीर्तिपुरको बागभैरव मन्दिरमा प्रतिस्थापित, पाटनदेखि कीर्तिपुरसम्म भव्य यात्रा सम्पन्न

स्वर्ण भैरवको मूर्ति कीर्तिपुरको बागभैरव मन्दिरमा प्रतिस्थापित, पाटनदेखि कीर्तिपुरसम्म भव्य यात्रा सम्पन्न

कीर्तिपुर, श्रावण ३२ – आज कीर्तिपुरस्थित ऐतिहासिक बागभैरव मन्दिरमा स्व. वीरेन्द्रकुमार अवालेको स्मृतिमा स्वर्ण शक्तिसम्पन्न भैरवको मूर्ति प्रतिस्थापित गरियो। ल्हामो ह्याण्डीक्राफ्टका १५-२० जना कुशल कालीगढहरूको समूहले करिब एक वर्ष लगाएर निर्माण गरेको यो तीन फिट अग्लो सुनको मूर्ति बागभैरव जात्राको प्रमुख आकर्षणको रुपमा रहेको छ। आज बिहान पाटनबाट कीर्तिपुरसम्म बाजागाजा र परम्परागत भेषभूषामा सजिएका २५० जना भन्दा बढी व्यक्तिहरूले मूर्ति यात्रा गराएका थिए। मूर्तिलाई विधिवत पूजा गरी मन्दिरमा प्रतिस्थापन गरिएको हुँदा स्थानीय समुदायमा ठूलो उत्साह देखिएको छ।

बागभैरव मन्दिरको इतिहास करिब १,००० वर्ष पुरानो छ, जसको स्थापना राजा शिवदेव तृतीयले गरेका थिए। यो मन्दिर शक्तिशाली देवता बागभैरवको अधीनमा रहेको छ, जसले नगरलाई दुष्ट आत्मा र विपत्तिबाट संरक्षण गर्ने विश्वास छ। प्रत्येक वर्ष भाद्र सिंह संक्रान्तिको अवसरमा यहाँ स्वर्ण गुंदे दापा खलः को आयोजनामा विशेष जात्रा गरिन्छ, जसमा हजारौं श्रद्धालु सहभागी हुने गर्छन्। यस वर्षको जात्रामा बागभैरवको यो नयाँ स्वर्ण मूर्ति प्रमुख आकर्षणको केन्द्रविन्दु बनेको छ, जसले स्थानीयबासीको धार्मिक आस्थालाई थप बलियो बनाएको छ।

तस्विर ः सन्देश मुनिकार

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू