Sunrise appliances
Homeकाठमाडौंमहिला सशक्तिकरणका लागि काठमाडौँमा 'वुमन्स अफ द वर्ल्ड फेस्टिभल'को सातौँ संस्करण

महिला सशक्तिकरणका लागि काठमाडौँमा ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’को सातौँ संस्करण

काठमाडौँ । काठमाडौंमा आगामी मंसिर ८ र ९ गते ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’को सातौँ संस्करण आयोजना गरिने भएको छ। काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा आयोजना गर्ने यो महोत्सवले नेपाली महिलाहरुको आवाजलाई विश्वमञ्चमा पु¥याउने अवसर प्रदान गर्नेछ।

व्रिटिस काउन्सिलमा बिहीबार आयोजित एक विशेष कार्यक्रममा उपप्रमुख सुनिता डंगोल र व्रिटिस काउन्सिल नेपालकी कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले फेस्टिभलको आधिकारिक लोगो सार्वजनिक गर्नुभयो। सन् २०११ मा लण्डनमा सुरु भएको यस फेस्टिभलले विश्वभरका महिलाहरूलाई एकत्रित गर्दै उनीहरूको क्षमता र नेतृत्वलाई प्रवर्द्धन गर्दै आएको छ।

यसपटकको फेस्टिभलमा ३ भन्दा धेरै प्रदर्शनी, २५ भन्दा बढी स्टल, ४० भन्दा बढी संवाद र मन्तव्य, १० भन्दा बढी चलचित्र प्रदर्शन, ५ भन्दा बढी कार्यशाला, र १० भन्दा बढी सांगीतिक कार्यक्रम हुनेछन्। फेस्टिभलमा १० हजारभन्दा बढी सहभागिता हुने अपेक्षा गरिएको छ।

उपप्रमुख डंगोलले यस फेस्टिभलमा नेपाली महिलाहरुका विविध अनुभव र अनकहा कथाहरु प्रस्तुत गरिने जानकारी दिनुभयो। उहाँले यसले महिलाहरुको नेतृत्व क्षमतालाई अझै सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, नेपालका लागि वेलायतका राजदूत रोब फेनले पनि फेस्टिभलले महिलाहरुको नेतृत्वदायी भूमिकामा पुग्न योगदान दिने धारणा राख्नुभयो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू