Sunrise appliances
Homeमुख्य समाचारतीर्थयात्री फर्कन थाले

तीर्थयात्री फर्कन थाले

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन धार्मीककार्य सम्पन्न गरी धमाधम आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन् ।प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आज जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएका छन् । नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रजिअ खनालले बताए तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुञ्चे, हिमालय उद्धार सङ्घ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
सामान्यबाहेक तीर्थयात्रुलाई कुनै समस्या नपरेको चिकित्सकले जनाएका छन् । पानी नपरेका कारण पैदल मार्गमा हिड्न सहज भएको यात्रुले प्रतिकृया दिएका छन् । गोसाइँकुण्ड क्षेत्रमा अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा १० गुणाबढी असुलेका कारण आफूहरू ठगिएको पनि यात्रुले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू