Sunrise appliances
Homeकाठमाडौंभ्वाइसेज अफ विमेन मिडियाद्वारा ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ विमोचन: १३ महिला...

भ्वाइसेज अफ विमेन मिडियाद्वारा ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ विमोचन: १३ महिला फोटोग्राफरको दृष्टिकोण र कथा”

काठमाडौं, अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा, भ्वाइसेज अफ विमेन मिडियाले अ सिम्फोनी अफ साइलेन्ट स्टोरी नामक एक विशेष कृति विमोचन गरेको छ। यो कृति सि इज द स्टोरी कार्यक्रम अन्तर्गत सञ्चालन भएको एक महिने फोटोग्राफी कार्यशालाबाट १३ जना महिला फोटोग्राफरहरूले खिचेका उत्कृष्ट फोटो कथाहरूको संग्रह हो। कार्यशालामा मदिना राई, लक्ष्मी न्यौपाने, शिभाषा के सी, प्रियंका तुलाचन, पुष्पा जोशी, नीति वानेम, मोनिका झा, सुशीला तामाङ, अदिती श्रेष्ठ, बिजु महर्जन, सुस्मिता बोगटी, लक्ष्मी चौधरी,कृति घिमिरे लगायत १३ जना महिला फोटोग्राफरको सहभागिता थियो । यस कार्यशालाले महिलाहरूलाई फोटोको माध्यमबाट आफ्नो कथा विश्वलाई बताउने नयाँ अवसर प्रदान गरेको छ।

उक्त विमोचन कार्यक्रममा फोटोग्राफीमा महिलाः समकालीन चुनौतीहरू र अवसरहरू शीर्षकमा एक महत्वपूर्ण प्यानल छलफल पनि सम्पन्न भएको थियो । यस प्यानलमा नेपालका प्रतिष्ठित फोटोग्राफर तथा फोटो सर्कलकी निर्देशक नयनतारा गुरुङ कक्षपति, फोटोग्राफर उमा बिस्ट, र फोटो पत्रकार मोनिका मल्लले सहभागिता जनाएका थिए । छलफलले फोटोग्राफीमा महिलाहरूले सामना गर्ने चुनौतीहरू र तिनले प्राप्त गरेका अवसरहरूको विषयमा गहन चर्चा गरेको थियो।

“अ सिम्फोनी अफ साइलेन्ट स्टोरी” पुस्तकमा समावेश गरिएका फोटो कथाहरू ती १३ जना महिला फोटोग्राफरहरूको संघर्ष र साहसको जीवित दस्तावेज हो। यी तस्बिरहरूमा उनीहरूले सामना गरेका सामाजिक, सांस्कृतिक, र व्यक्तिगत संघर्षहरूलाई जीवन्त रूपमा चित्रण गरिएको छ। पुस्तकले महिलाहरूको अघोषित संघर्ष र तिनले सामना गर्ने चुनौतीहरूको कथा बाहिर ल्याएर फोटोग्राफीमा महिलाको उपस्थिति र योगदानलाई बलियो रूपमा प्रस्तुत गरेको छ।

भ्वाइसेज अफ विमेन मिडियाले महिला तथा किशोरीहरूको क्षमता विकास, नेतृत्व कौशल, र टेक्नोलोजीमा पहुँच वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस संस्थाले सञ्चालन गरेका कार्यक्रमहरूले महिलाहरूको सशक्तिकरणमा महत्त्वपूर्ण योगदान र्पुयाइरहेका छन् । अ सिम्फोनी अफ साइलेन्ट स्टोरी पुस्तकको विमोचन पनि सोही उद्देश्यलाई अघि बढाउने अर्को महत्वपूर्ण कदम हो।

यो विमोचनले नेपाली समाजमा महिला फोटोग्राफरहरूको भुमिकालाई थप सशक्त बनाउन र उनीहरूको आवाजलाई समाजमा मुखरित गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

तस्विरः उद्धव रसाइली/VOW MEDIA

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू