Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरमा प्लास्टिक व्यवस्थापन परियोजनाको शुभारम्भ, सरोकारवालाहरूको सक्रिय सहभागिता

कीर्तिपुरमा प्लास्टिक व्यवस्थापन परियोजनाको शुभारम्भ, सरोकारवालाहरूको सक्रिय सहभागिता

कीर्तिपुर– एकीकृत शहरी विकास केन्द्र (सीआईयूडी) को नेतृत्वमा कीर्तिपुरमा प्लास्टिक व्यवस्थापन समुदाय स्थापना परियोजना औपचारिक रुपमा सुरु भएको छ। परियोजनाको उद्घाटन समारोहमा स्थानीय फोहोर व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाहरू, महिला समूहका प्रतिनिधिहरू, कीर्तिपुर नगरपालिकाका अधिकारीहरू, सामुदायिक अगुवाहरू, सञ्चारकर्मी, तथा परियोजना साझेदारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको १५ नं वडाका वडा अध्यक्ष श्री घनश्याम लुइटेलले बल्खु खोलाको अन्तर(सीमावर्ती सम्बन्धलाई सहकार्य र ज्ञान आदानप्रदानको उत्कृष्ट नमुना बनाउनुपर्नेमा जोड दिए।
कीर्तिपुर नगरपालिकाको वडा नं। ६ का अध्यक्ष तथा वातावरण र विपद् जोखिम न्यूनीकरण समिति समन्वयक श्री खिरमान सिंह बस्नेत (पृथ्वी) ले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्य प्रस्तुत गरे। यसै क्रममा, सीआईयूडीका कार्यकारी निर्देशक श्री नविन बिकास महर्जनले परियोजनाको उद्देश्य, योजना र रणनीतिहरूको विस्तृत विवरण प्रस्तुत गरे। उनले परियोजना सफल बनाउन स्थानीय सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको औंल्याए।


कार्यक्रमको प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले परियोजनाको प्रारम्भमा भएको ढिलाइप्रति खेद व्यक्त गर्दै यसलाई द्रुत गतिमा अघि बढाउने प्रतिवद्धता जनाइन्। साथै, उनले महिलाहरूलाई सशक्तीकरण गर्दै आयमूलक व्यवसाय स्थापना गर्ने अवसर रहेको र यसबाट प्लास्टिक प्रदूषणको समस्यालाई सम्बोधन गर्न सकिने बताइन्।
परियोजना दक्षिण एशिया सहकारी वातावरण कार्यक्रमद्वारा कार्यान्वयन गरिनेछ भने, यसमा विश्व बैंकको सहयोग र युएनओपीएस श्रीलंकाको समर्थन रहनेछ।
कीर्तिपुरका बासिन्दा र सरोकारवालाहरूको सक्रिय सहभागितामा प्रारम्भ भएको यस परियोजनाले नगरलाई प्लास्टिक मुक्त बनाउने दिशामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू