Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगर प्रमुखको उपनिर्वाचनका लागि राप्रपाले ३ उम्मेदवारको नाम सिफारिस गर्‍यो

कीर्तिपुर नगर प्रमुखको उपनिर्वाचनका लागि राप्रपाले ३ उम्मेदवारको नाम सिफारिस गर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचनको तयारी अघि बढाएको छ। स्थानीय तहको उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले कीर्तिपुर नगर प्रमुख पदका लागि ३ जना उम्मेदवारको नाम प्रस्ताव गरेको छ।

राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले मेयर पदका लागि ध्रुव महर्जन, वरिष्ठ अधिवक्ता तथा राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत, र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको छ।

त्यस्तै, वडा नं १ को अध्यक्षका लागि सुरेन्द्रप्रसाद उप्रेती र वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ।

गत साउन १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मिर्गौला रोगका कारण निधन भएपछि नगर प्रमुखको पद खाली भएको थियो। उक्त रिक्त स्थान पूर्ति गर्नका लागि उपनिर्वाचन गर्नुपर्ने भएपछि राप्रपाले आफ्नो तयारी थालेको हो।

निर्वाचन आयोगले आगामी मङ्सिरको तेस्रो साता जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन गर्ने जनाए पनि अहिलेसम्म मिति तय गरेको छैन। देशभर नगर प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, र वडाध्यक्ष २८ गरी ३४ पदका लागि उपनिर्वाचन हुन बाँकी छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू