Sunrise appliances
Homeकाठमाडौंतनहुँ बस दुर्घटनाः घाइतेहरूको अवस्थाबारे बुझ्न भारतीय राज्यमन्त्री खड्से काठमाडौँमा, मृतकको शव...

तनहुँ बस दुर्घटनाः घाइतेहरूको अवस्थाबारे बुझ्न भारतीय राज्यमन्त्री खड्से काठमाडौँमा, मृतकको शव नासिक लैजाने तयारी

भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन काठमाडौँको टिचिङ अस्पताल पुगेकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी आज बिहान काठमाडौँ आइपुगेकी हुन्। विमानस्थलमा अवतरणलगत्तै उनले अस्पतालमा पुगेर घाइतेहरूको उपचारबारे जानकारी लिइन्। यस क्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक पनि अस्पतालमा पुगेका थिए।

गत शुक्रबार तनहुँको मर्स्याङ्दी नदीमा भएको दर्दनाक बस दुर्घटनामा २७ जनाको ज्यान गएको थियो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस अनियन्त्रित भई करिब ३ सय मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा २६ जनाको घटनास्थलमै र एक जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

बसमा सवार सबै तीर्थयात्रीहरू महाराष्ट्रका नागरिक थिए, जसले उत्तर प्रदेशबाट नेपाल प्रवेश गरेका थिए। उक्त दुर्घटनामा १६ जना घाइते भएका थिए, जसलाई तत्कालै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

घटनापछि भारत र नेपाल दुवै देशका सरकारहरूले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मृतकहरूको शव भारतीय वायुसेनाको विमानबाट नासिक, महाराष्ट्र लगिने तयारी गरिएको छ। यो दुर्घटनाले दुबै देशमा शोकको छाया पारेको छ, र पीडित परिवारप्रति संवेदना प्रकट गर्दै दुबै सरकारहरूले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू