Sunrise appliances
Homeकाठमाडौंवाग्मती सफाइ महाअभियानको ५८९ औं शृङ्खला सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५८९ औं शृङ्खला सम्पन्न

वाग्मती सफाइ महाअभियान अन्तर्गत ५८९ औं शृङ्खलाको सफाइ कार्य आज बिहान सम्पन्न भयो। विहान ७:०० बजे देखि ९:०० बजे सम्म ललितपुरको यु एन पार्क (झुलुङे पुल अगाडि) मा आयोजित सफाइ अभियानमा फोहरको वर्गीकरण सहित व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो।

सफाइ महाअभियानमा स्थानीय अभियानकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, र स्थानिय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। सबैले सामूहिक प्रयासमार्फत वाग्मती नदी र यसको वरपरको क्षेत्रलाई सफा राख्ने जिम्मेवारीलाई आत्मसात गर्दै महत्वपूर्ण योगदान दिएका छन्।

यो महाअभियान राष्ट्रप्रति हाम्रो दायित्व र समर्पणको प्रतीक हो, जहाँ हप्ताको दुई घन्टा स्वयंसेवा गर्दै स्वच्छता र सुन्दरता कायम राख्न सबैको सहयोग देखिएको छ।

सफाइको यो शृङ्खला सम्पन्न भएसँगै वाग्मती सफाइ महाअभियानले भविष्यमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू