Sunrise appliances
Homeमुख्य समाचारकीर्तिपुर उपनिर्वाचन: दलगत राजनीति भन्दा माथि उठेर कुशल नेतृत्व निर्माणको आवश्यकता –...

कीर्तिपुर उपनिर्वाचन: दलगत राजनीति भन्दा माथि उठेर कुशल नेतृत्व निर्माणको आवश्यकता – राजन केसी

काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय राजन केसीले कीर्तिपुरमा हुन लागेको उपनिर्वाचनमा दलगत राजनीति भन्दा माथि उठेर, निष्पक्ष र समावेशी प्रक्रियामा जोड दिनुपर्ने आवश्यकता औंल्याए। कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षको पद अहिले रिक्त छ, जसको लागि विभिन्न दलहरुले उम्मेदवारीको तयारी गरिरहेका छन्।

राजन केसीले कीर्तिपुरको निर्वाचनमा कुनै पनि किसिमको भेदभाव, तेरो-मेरो भन्ने मानसिकता र संकुचित सोचको ठाउँ हुन नहुने स्पष्ट पारे। उनले कांग्रेस पार्टीले ११ जना सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको बताए, जबकि राप्रपाले ३ जनाको नाम सिफारिस गरेको छ।

यस सन्दर्भमा केसीले अहिलेको आवश्यकता कुशल, सक्षम र जनताको हितमा काम गर्ने नेतृत्वको रहेको बताए। उनले थपे, “कांग्रेसबाट सिफारिस गरिएका ११ जनामध्ये एक जनाले मात्र उम्मेदवारको टिकट पाउनेछ, तर बाँकी १० जनामा क्षमता नभएको होइन। हामीलाई अहिले सबैको साथ र सुझावको खाँचो छ। योग्य उम्मेदवारलाई अघि सार्दै, हामी एक बलियो नेतृत्वको निर्माण गर्न प्रतिबद्ध छौँ।”

उनले स्थानीय तहको निर्वाचनमा सफल, प्रभावकारी र जनता केन्द्रित नेतृत्व तयार पार्न कांग्रेस पार्टीले स्पष्ट दृष्टिकोण लिएको बताउँदै, सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू