Sunrise appliances
Homeमुख्य समाचारश्रीकृष्ण जन्माष्टमी आज: देशभर भव्य पूजा, रथयात्रा, र जाग्रामसहित मनाइँदै

श्रीकृष्ण जन्माष्टमी आज: देशभर भव्य पूजा, रथयात्रा, र जाग्रामसहित मनाइँदै

काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म जयन्ती, अर्थात् श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धा, भक्ति, र उमंगका साथ मनाइँदैछ। ज्ञानयोग, कर्मयोग, र भक्तियोगका आदर्शको प्रतिपादनकर्ता तथा सज्जनहरूको रक्षाका लागि दुर्जनहरूको विनाश गर्ने भगवान् श्रीकृष्णको पवित्र जन्म स्मरण गर्दै यस पर्वको आयोजना गरिन्छ।

धार्मिक शास्त्रहरूका अनुसार द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा वासुदेव र देवकीका आठौं गर्भबाट कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन भगवान् विष्णुको आठौं अवतारका रूपमा भगवान् श्रीकृष्णको जन्म भएको विश्वास छ। यस ऐतिहासिक र पवित्र क्षणलाई स्मरण गर्दै आजको दिनमा देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनहरूको ठूलो भिड देखिन्छ।

विशेषतया काठमाडौंको पाटन मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, गोठाटारस्थित नवतनधाम, बूढानीलकण्ठको श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरलगायत देशभरका अन्य कृष्ण मन्दिरहरूमा भव्य पूजा, आराधना, र रथयात्रा तथा शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ।

आजको दिन विशेषतः महिलाहरूले ब्रत बस्ने, राति १२ बजे श्रीकृष्ण जन्मेको सम्झनामा पूजा आराधना गर्ने र रातभर जाग्राम बसेर भक्ति संगीत गाउने परम्परा रहेको छ। भक्तजनहरूले यस दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरेमा उनी प्रशन्न भई सबै मनोकामना पूरा गर्ने धार्मिक विश्वास रहेको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा, श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रको धर्मयुद्धमा दिएको उपदेश, जसलाई श्रीमद्भागवत गीता भनेर चिनिन्छ, विशेष रूपमा स्मरण गरिन्छ। सत्यको पक्षमा अर्जुनको सारथी बनेर युद्धको शिक्षा दिनुभएका श्रीकृष्णले सम्पूर्ण मानवजातिलाई धर्म, नीति, र सत्यको मार्गमा लाग्न प्रेरित गरेका थिए।

श्रीकृष्णको गोपिनी र राधासँगको प्रेम प्रसङ्गको कारणले पनि यस पर्वलाई प्रेम उत्सवको रूपमा समेत मनाइन्छ। विशेष गरी यस महिनाभर झुला उत्सवको आयोजना गरिन्छ, जसले भगवान् श्रीकृष्णको प्रेम र भक्ति प्रति श्रद्धा प्रकट गर्छ।

यस विशेष पर्वले सम्पूर्ण भक्तजनहरूको हृदयलाई भक्ति, प्रेम, र धर्मको मार्गमा लग्ने विश्वास गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा समृद्धि, शान्ति, र धार्मिक चेतनाको जागरण होस् भन्ने कामना गरिन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू