Sunrise appliances
Homeमनोरन्जनश्रद्धा कपुरको ऐतिहासिक उपलब्धि: इन्स्टाग्राममा प्रधानमन्त्री मोदीलाई उछिन्दै बलिउडकी नम्बर एक

श्रद्धा कपुरको ऐतिहासिक उपलब्धि: इन्स्टाग्राममा प्रधानमन्त्री मोदीलाई उछिन्दै बलिउडकी नम्बर एक

काठमाडौं, ९ भदौ। बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर हाल एकपटक फेरि भारतीय सिनेमा र सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छिन्। हालै मात्र प्रदर्शन भएको चलचित्र ‘स्त्री २’ को अपार सफलतासँगै श्रद्धा कपुरको लोकप्रियता दिनानुदिन बढ्दो छ।

यसैबीच, श्रद्धाले एक अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै इन्स्टाग्राममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फलोअर्सको मामिलामा उछिनेकी छिन्। यो उपलब्धिपछि श्रद्धा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन्। हालै श्रद्धा कपुरका इन्स्टाग्राम फलोअर्सको संख्या ९२ मिलियन पुगेको छ, जसले गर्दा उनले बलिउडकी अर्की प्रसिद्ध अभिनेत्री प्रियंका चोपडालाई पनि उछिनेर दोस्रो स्थानमा आफ्नो पकड बनाएकी छिन्। प्रियंका चोपडाका इन्स्टाग्राममा हाल ९१.८ मिलियन फलोअर्स रहेका छन्।

यसअघि, प्रियंका चोपडा बलिउड सेलिब्रिटीहरूमा सबैभन्दा धेरै फलो हुने व्यक्तित्व थिइन्। तर, अब श्रद्धाले उनलाई पछि पार्दै बलिउडमा पहिलो स्थान ओगट्न सफल भएकी छिन्। इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका भारतीय भने चर्चित क्रिकेटर विराट कोहली नै हुन्, जसका इन्स्टाग्राममा २७० मिलियन फलोअर्स छन्। विराट इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका भारतीय मात्र होइनन्, संसारभरका खेलाडीहरूमा पनि अग्रस्थानमा पर्छन्।

रिपोर्टहरूका अनुसार, ‘स्त्री २’ प्रदर्शन हुनु अघि श्रद्धा कपुरका इन्स्टाग्राममा करिब ९० मिलियन फलोअर्स थिए। तर, चलचित्र प्रदर्शन भए पश्चात्, यसले बक्स अफिसमा मात्र ठूलो सफलता हासिल गरेन, श्रद्धाको सामाजिक सञ्जालमा पनि लोकप्रियता अभूतपूर्व रूपमा बढ्दै गएको छ।

चलचित्र ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा ३६० करोडभन्दा बढीको आम्दानी गरिसकेको छ। यस सफलता संगै, श्रद्धा कपुर बलिउडमा आफ्नो स्थान अझै बलियो बनाउँदै गएको छिन्, जसले उनलाई आगामी दिनहरूमा अझै उचाइमा पुर्याउने विश्वास गरिन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू