Sunrise appliances
Homeभक्तपुरसल्लाघारी-दुधपाटी सडक किनारका जोखिमयुक्त रुखहरूको कटान सुरु

सल्लाघारी-दुधपाटी सडक किनारका जोखिमयुक्त रुखहरूको कटान सुरु

भक्तपुर नगरपालिका-१ अन्तर्गत सल्लाघारी-दुधपाटी सडक किनारमा रहेको रुखहरू ढल्ने खतरा बढेपछि तिनको कटान कार्य सुरु भएको छ। डिभिजन वन कार्यालय सानोठिमी, भक्तपुरले ढल्न सक्ने अवस्थामा पुगेका रुखहरू हटाउन यो कदम चालेको हो।

सल्लाघारीदेखि सैनिक स्कूलसम्मको सडक छेउमा केही रुखहरू जीर्ण भइसकेकोले उनीहरूलाई हटाउन आवश्यक ठानिएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार, सरकारी मापदण्ड पालना गर्दै यी जोखिमयुक्त रुखहरूको कटान कार्य सुरु गरिएको हो। उनका अनुसार, रुखहरू ढल्न सक्ने जोखिमका कारण मानव जीवन र सम्पत्तिमा क्षति पुग्न सक्ने भएकोले समयमै कारबाही गरिएको हो।

स्थानीय जनप्रतिनिधि, बासिन्दा, र सरोकारवालाहरूको गुनासोका आधारमा डिभिजन वन कार्यालयलाई अनुगमन गर्न आग्रह गरिएको थियो। अनुगमनपछि जरा कमजोर भएका रुखहरू चिन्हित गरी तिनको कटान सुरु गरिएको श्रेष्ठले जानकारी दिइन्।

भक्तपुर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले दुई वर्षअघि सोही क्षेत्रमा रुख ढल्दा जनधनको ठूलो क्षति भएको अनुभव सुनाउँदै, यस पटक पनि समयमै जोखिम न्यूनीकरण गर्न सकिएकोमा सन्तोष व्यक्त गरे। उनले जिल्ला प्रशासन र डिभिजन वन कार्यालयसँग अनुगमन र आवश्यक कारबाहीका लागि पहल गरेको बताए।

डिभिजन वन कार्यालय सानोठिमीका सूचना अधिकारी सलिना कडालका अनुसार, सो क्षेत्रमा झन्डै दुई दर्जन सल्लाका रुखहरू कटान गर्नुपर्ने देखिएको छ। तिनको कटान कार्य अघि बढाइएको जानकारी दिँदै उनले मुचुल्का तयार पारेर कामलाई तीव्रता दिएको बताइन्। यस कार्यको व्यवस्थापन डिभिजन वन कार्यालय सानोठीमिले गरिरहेको वन अधिकृत विनिता पाण्डेले पुष्टि गरिन्।

यसअघि, सन् २०२२ को साउनमा चोङ्गा गणेश क्षेत्रको रुख ढल्दा एक बस र स्कुटरमा च्यापिएर तीन जनाको ज्यान गएको थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए। त्यो घटना दोहोरिन नदिन तत्काल कदम चालिएकाले सम्भावित क्षति टार्न महत्वपूर्ण भूमिका निर्वाह भएको देखिन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू