Sunrise appliances
Homeमुख्य समाचारश्रीकृष्ण जन्माष्टमी: ललितपुरको पाटन दरबार क्षेत्रमा भक्तजनहरूको महासागर (तस्विरहरु)

श्रीकृष्ण जन्माष्टमी: ललितपुरको पाटन दरबार क्षेत्रमा भक्तजनहरूको महासागर (तस्विरहरु)

ललितपुर, १० भदौ। आज श्रीकृष्ण जन्माष्टमी, सनातन हिन्दू धर्मावलम्बीहरूको लागि एक पवित्र दिन। ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित प्रसिद्ध कृष्ण मन्दिरमा भक्तजनहरूको अभूतपूर्व भीडले मन्दिर क्षेत्र नै खचाखच बनेको छ। एकाविहानैदेखि ललितपुरको शहरी क्षेत्र, दक्षिण ललितपुर, काठमाडौंका किर्तिपुर, साँखु, बुढानिलकण्ठ, भक्तपुरलगायतका स्थानहरूबाट हजारौं भक्तजनहरू कृष्ण मन्दिरमा दर्शन गर्नको लागि आएका छन्।

वैदिक सनातन हिन्दू परम्पराअनुसार आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा मनाइने यस पर्वलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस पवित्र दिनमा मन्दिरहरूमा भजनकीर्तन, प्रवचन, र पूजा–आराधना विशेषगरी रातभर जाग्राम बसेर गरिन्छ।

ललितपुरको कृष्ण मन्दिरमा मध्यरातदेखि नै भक्तजनहरूको लामबद्धता सुरु भएको थियो। मध्यरात १२ बजेबाट सुरु भएको लाइनमा हजारौं भक्तजनहरू भगवान् श्रीकृष्णको दर्शनको प्रतीक्षामा बसिरहेका छन्। आज देशभरका कृष्ण मन्दिरहरूमा विशेष पूजा–आराधनाका साथसाथै भक्तजनहरूले व्रत बसी श्रद्धाभक्तिपूर्वक रातभर जाग्राम बस्ने चलन छ। विशेषगरी यस मन्दिरमा राष्ट्रप्रमुखले समेत दर्शन गर्न आउने परम्परा रहेको छ। यस वर्षको कृष्ण जन्माष्टमीमा भक्तजनहरूको भीड र भक्तिको उत्साहले ललितपुरको पाटन दरबार क्षेत्रमा भव्यता थपिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू