Sunrise appliances
Homeकाठमाडौंश्री दर्शन बचत सहकारी बैठकमा अनुपस्थित भए कारबाही हुनेःबागमती प्रदेश सरकारको सख्त...

श्री दर्शन बचत सहकारी बैठकमा अनुपस्थित भए कारबाही हुनेःबागमती प्रदेश सरकारको सख्त निर्णय

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाले श्री दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई अत्यन्तै महत्वपूर्ण बैठकमा अनिवार्य उपस्थिति जनाउन निर्देशन दिएको छ। यस बैठकमा दर्शन बचत तथा सहकारी पीडित संघर्ष समिति का अध्यक्ष कन्चन महर्जन सहित एक सय अठतीस जना सदस्यहरूको उपस्थिति अपरिहार्य रहेको सूचनामा उल्लेख गरिएको छ।

साउन १२ गते बुधबार बिहान ११ बजे हेटौंडा, मकवानपुरमा अवस्थित सहकारी महाशाखामा हुने उक्त बैठकले सहकारी क्षेत्रको भविष्यलाई नै निर्णायक मोडमा र्पुयाउने अपेक्षा गरिएको छ। विशेष गरी, यसअघि सम्पन्न छलफलहरूमा उठाइएका गम्भीर मुद्दाहरूमा ठोस निर्णय गर्दै आवश्यक कागजातहरूको फिर्ता र व्यवस्थापन गरिनेछ । प्रदेश सरकारले सहकारीलाई संस्थाको सम्पत्ति र दायित्वको यथार्थ विवरण सहितका कागजातहरुको प्रमाणित प्रतिलिपि लिएर उपस्थित हुन आदेश पनि दिएको छ ।

सहकारी महाशाखाले यस बैठकलाई अति नै संवेदनशील र निर्णायक मान्दै, श्री दर्शन बचत तथा ऋण सहकारीका सम्पूर्ण सञ्चालक समितिका सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन कडा निर्देशन दिएको छ । बैठकमा अनुपस्थित हुने कुनै पनि सदस्यलाई कडा कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिइएको छ । बागमती प्रदेश सरकारको यो कदमले सहकारी क्षेत्रको पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
हेटौँडामा हुनलागेको बैठकमा सम्पुर्ण दर्शन बचत तथा सहकारी संघर्ष समितिका सम्पुर्ण सदस्यहरु लाई भाग लिनका लागी संघर्ष समितिका अध्यक्षले आह्वान गरेका छन् । इच्छुक व्यक्तिले आफ्नो नाम टिपाउनका लागी सिधै कञ्चन महर्जन लाई साँझ सम्म ९८४१२७८१०२ मा सम्पर्क गर्ने सकिनेछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू