Sunrise appliances
Homeप्रदेशप्रदेश ३धादिङको नीलकण्ठमा बस र माइक्रोबस ठोक्किँदा आठजना घाइते

धादिङको नीलकण्ठमा बस र माइक्रोबस ठोक्किँदा आठजना घाइते

धादिङ, ११ भदौ । धादिङको नीलकण्ठ नगरपालिका–८, कालुपाण्डे मार्गस्थित ससाहमा मंगलबार बिहान भएको एक गम्भीर सवारी दुर्घटनामा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा आठजना यात्रु गम्भीर रूपमा घाइते भएका छन्। धादिङबेसीबाट काठमाडौंतर्फ गन्तव्य बनाउँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ज०५२९ नम्बरको ईभी भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार दुर्घटनामा परेका घाइतेहरूको तत्काल उद्धार गरी धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीर रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धादिङको पहाडी क्षेत्र हुँदै गुड्ने तीव्र गतिका सवारीसाधनका कारण यस क्षेत्रमा दुर्घटना हुने जोखिम बढी रहेको बताइँदै आएको छ। प्रहरीका अनुसार, सवारी चालकको लापरवाही र सडकको अवस्थाले गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाले यातायात सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू