Sunrise appliances
Homeकाठमाडौंपलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाद्वारा ५ लाख रुपैयाँ नगदसहित सम्मान

पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाद्वारा ५ लाख रुपैयाँ नगदसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक जित्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई विशेष सम्मान प्रदान गरेको छ। आज काठमाडौँ प्लाजामा आयोजित एक भव्य समारोहमा, महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पलेशालाई सम्मान पत्र र ५ लाख रुपैयाँ नगदको चेक प्रदान गर्नुभयो भने उपप्रमुख सुनिता डंगोलले यो चेक हस्तान्तरण गर्नुभयो।

यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो। यसैगरी, पलेशाका माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मानित गरियो।

सम्मान समारोहमा धारणा राख्दै प्रमुख बालेन्द्र शाहले भने, “नेपालले गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न कठिन भइरहेको अवस्थामा, पलेशाले ऐतिहासिक पदक दिलाएर यो प्रमाणित गरेकी छिन् कि नेपालले असाधारण उपलब्धिहरू हासिल गर्न सक्छ। सीमित स्रोत र साधनबाट प्राप्त यो पदकले खेल क्षेत्रमा नयाँ उत्साह र हौसला जगाएको छ।”

पलेशाका मातापिताको योगदानको प्रशंसा गर्दै प्रमुख शाहले खेलमा संलग्न व्यक्तिहरूको बारेमा समाजमा रहेका पूर्वाग्रहहरूलाई परिवर्तन गर्नु आवश्यक भएको बताए। उपप्रमुख सुनिता डंगोलले भने, “पलेशाको आगामी खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्दै, अभिभावकको महत्त्वपूर्ण भूमिकाबारे उल्लेख गर्नुभयो। पलेशाका माता-पिताले छोरीको सफलतामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै, यो परिवारलाई खेलमा अभिभावकको भूमिका कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने उदाहरणको रूपमा प्रस्तुत गरिनु भएको छ। उनले प्रशिक्षकहरूको योगदान पनि सराहनीय रहेको कुरा गर्दै, खेलाडीसँगै प्रशिक्षकलाई पनि प्रोत्साहित गर्नुपर्ने बताए।”

पलेशाले सम्मान समारोहमा आफ्नो अनुभव साझा गर्दै भनिन्, “मले प्राप्त गरेको पदक मेरो देशको गौरव हो। जापानमा भएको खेलमा जित्न नसकेको पदक यसपटक पेरिसमा दिलाउन सक्दा मलाई गर्व छ।”

कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य, र खेल क्षेत्रका अन्य पदाधिकारी र खेलाडीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

पलेशाले पेरिस पारालिम्पिकको महिला ५७ केजी तौल समूहको के–४४ क्याटागोरीमा प्रतिस्पर्धा गर्दै सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्नुभएको थियो। पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराउँदै सम्मान प्राप्त गर्नुभएको थियो। रिपेचेज अघि पहिलो चरणमा, पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वाटरफाइनलको स्थान सुरक्षित गर्नुभएको थियो।

पेरिस पारालिम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता रहेको थियो। समारोहमा सहभागी खेलाडीहरूलाई पनि सम्मान प्रदान गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू