Sunrise appliances
Homeमनोरन्जनफल्चा व बल्चा’ म्यूजिक भिडियो सार्वजनिक हुने, सेवामूलक कथाको चित्रण

फल्चा व बल्चा’ म्यूजिक भिडियो सार्वजनिक हुने, सेवामूलक कथाको चित्रण

संगीतकार सुरेन्द्र श्रेष्ठ र मंगलदास श्रेष्ठको शब्दमा मा आधारित नयाँ म्यूजिक भिडियो ‘फल्चा व बल्चा’ सार्वजनिक हुने तयारीमा रहेको छ। यो म्यूजिक भिडियोले सेवामूलक सहयोग र तिर्थयात्राको वास्तविक संघर्षलाई उजागर गर्दै किसान वर्गको पीडा र चुनौतीलाई प्रस्तुत गरेको छ। यस भिडियोको निर्देशन चर्चित निर्देशक सतीश महर्जनले गरेका छन्।

‘फल्चा व बल्चा’ म्यूजिक भिडियो कीर्तिपुरको सिनेप्लेक्स हलमा, यही आउँदो भाद्र २७ गते बिहीवारका दिन, बिहान ११ बजे विशेष कार्यक्रमका साथ सार्वजनिक गरिनेछ। यस कार्यक्रममा विभिन्न संगीतकर्मी, कलाकार, र अन्य क्षेत्रका गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहनेछ।

संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन, जसले यस म्यूजिक भिडियोको माध्यमबाट सेवा र सहयोगका कथाहरूलाई दर्शकसमक्ष पुर्‍याउने उद्देश्य राखेका छन्। सार्वजनिक कार्यक्रमपछि भिडियो हिमालय रिदमको आधिकारिक यूट्युब च्यानलबाट पनि प्रसारित गरिनेछ।

यस म्यूजिक भिडियोमा राजोन शाही, किशोर कुमार शाही, करुणा श्रेष्ठ, सुजित श्रेष्ठ, श्रीनव महर्जन जस्ता कलाकारहरूले उत्कृष्ट अभिनय गरेका छन् भने भिडियोको सम्पादन र छायांकनको जिम्मा लक्स श्रेष्ठले लिएका छन्। निर्देशक राम श्रेष्ठले यसअघि ‘अय् मयजु’ म्यूजिक भिडियोमा पनि उत्कृष्ट निर्देशन गरिसकेका छन् ।

भिडियोको मेकअप आर्टिस्टको भूमिका प्रिज्मा श्रेष्ठले निर्वाह गरेकी छन्, जो ‘क्वीन ब्यूटी एण्ड कस्मो’ नामक मेकअप स्टुडियोकी संस्थापक पनि हुन्। ‘फल्चा व बल्चा’ म्यूजिक भिडियोले समाजका सेवामूलक पहलहरूलाई संगीतको माध्यमबाट बलियो आवाज दिने प्रयास गरेको छ, जसले दर्शकलाई गहिरो सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू