Sunrise appliances
Homeकाठमाडौंकिर्तिपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ कार्यक्रम अन्तर्गत स्थानीय विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान...

किर्तिपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ कार्यक्रम अन्तर्गत स्थानीय विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने

किर्तिपुर नगरपालिकाबाट सञ्चालित “एक घर एक स्नातक” कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्र रहेका ३ वटा सामुदायिक क्याम्पसहरू (मंगल बहुमुखी क्याम्पस, सदिद स्मारक कलेज, जनजागरण सामुदायिक क्याम्पस) मा अध्ययन गर्ने स्थानीय विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित क्याम्पसहरूले नगरपालिकाको ५० प्रतिशत योगदानमा छात्रवृत्ति उपलब्ध गराउने सहमति गरेका छन्। यो निर्णय मिति २०७९/१०/१० मा भएको हो। यसैअनुसार आ.व. २०७९/०८० देखि ३ ओटा क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ।

नगरवासीहरूले समयमै यस सुविधा लाभ उठाउन अनुरोध गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू