Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरमा लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ

कीर्तिपुरमा लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ

कीर्तिपुर, – कीर्तिपुर नगरपालिका वडा नं. ८ मा रहेको “युनिक एण्ड युनिशा मिट सप” सञ्चालन गर्दै आएका विष्णु श्रेष्ठलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा छापा मारेर श्रेष्ठसहित तीन अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको हो।

भाद्र २५ गते साँझ ६ बजे प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले पाँगास्थित पसलमा छापा मार्दा लागुऔषध कारोबार भइरहेको अवस्थामा पक्राउ गरिएको थियो। चेकजाँचका क्रममा गाँजा, ट्रामाडोल र नाइट्राभेटजस्ता लागुऔषध बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट १ किलो ५ सय ग्राम गाँजा, १२२ फाइल (१२२० ट्याब्लेट) ट्रामाडोल, र १३ वटा नाइट्राभेट ट्याब्लेट बरामद भएको हो।

पक्राउ परेका व्यक्तिहरूमा काभ्रे पनौती निवासी सन्तोष घिमिरे, मुगु रोरूका संगीत भट्ट, बझाङ जयपृथ्वीका दिनेश जोशी, र धादिङ सिद्धलेकका विष्णु श्रेष्ठ रहेका छन्। उनीहरू हाल काठमाडौँको विभिन्न ठाउँमा बसोबास गर्दै आइरहेका थिए।

पक्राउ परेका सबैलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। यो घटनाले कीर्तिपुरमा बढ्दै गएको लागुऔषध कारोबारप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ, र यसले स्थानीय सुरक्षाका सवालमा थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू