Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरको ऐतिहासिक स्मारकः वीरांगना कीर्तिलक्ष्मीको प्रतिमा स्थापनामा सहमति

कीर्तिपुरको ऐतिहासिक स्मारकः वीरांगना कीर्तिलक्ष्मीको प्रतिमा स्थापनामा सहमति

उपत्यकाको ऐतिहासिक सहर कीर्तिपुरमा वीरांगना कीर्तिलक्ष्मीको प्रतिमा स्थापनामा सर्वसम्मत निर्णय भएको छ। गोरखा–कीर्तिपुर युद्धमा वीरगति प्राप्त गरेकी साहसी कीर्तिलक्ष्मीको सम्मानमा यो ऐतिहासिक कदम उठाइएको हो, जसले कीर्तिपुरको गौरवशाली इतिहासलाई पुनः जागृत गर्दै भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्य लिएको छ।

भाद्र २८ गते शुक्रवार बिहान कीर्तिपुरस्थित कृष्ण क्याटरिङ हलमा आयोजित सरोकारवालाहरुको भेला तथा छलफलले प्रतिमा स्थापनाको स्थानका रूपमा कीर्तिपुर प्रवेशमार्ग नजिकको लेबोरेटरी स्कूल मोडलाई छनोट गरेको छ। उक्त भेलामा वागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद पुकार महर्जन, स्थानीय संचारकर्मी तथा नेताहरूको उपस्थिति रहेको थियो। प्रमुख संयोजक नजरराम महर्जनको नेतृत्वमा छलफल सम्पन्न भएको भेलाले तत्काल प्रतिमा स्थापनाका लागि अघि बढ्ने सहमति गरेको छ।

कीर्तिलक्ष्मीको प्रतिमा स्थापनाका लागि वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २० लाख रूपैयाँ विनियोजन गरेको छ। यो कदमले वीरांगनाको स्मरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। यसअघि, कीर्तिपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख राजकुमार नकर्मीले बल्खु-फर्पिङ हाईवे सडकमा कीर्तिपुर चिनाउने उद्देश्यले भव्य प्रवेशद्वार निर्माण गर्ने तथा त्यही स्थानमा कीर्तिलक्ष्मीको प्रतिमा राख्ने अवधारणामा डेढ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए।

प्रतिमा स्थापनाको योजना साकार बनाउन भेलाले १९ सदस्यीय समिति गठन गरेको छ। यस समितिको संयोजकत्व नजरराम महर्जनले सम्हाल्नेछन् भने अध्यक्षमा प्रयागमान प्रधान चयन भएका छन्। पुरानो समितिलाई विस्तार गर्दै थप सदस्यहरूको समावेश गरिएको छ।

यो पहलले केवल ऐतिहासिक वीरांगनाको योगदानलाई स्मरण गर्न मात्र नभएर, कीर्तिपुरको सांस्कृतिक धरोहरलाई विश्वसामु पुर्‍याउने काम गर्ने विश्वास गरिएको छ। प्रतिमा स्थापनाको कामले युगौँदेखि दबिएको इतिहासलाई उजागर गर्दै कीर्तिपुरको पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

तस्बिर : यो तस्बिर ग्राफिक प्रयोग गरि बनाइएको हो । (बिरेन्द्र शाक्य को फेसबुक बाट)

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू