Sunrise appliances
Homeकाठमाडौंचोभार र समल सडकमा पहिरोले विद्युत् लाइनमा क्षति, चोभार–दक्षिणकाली राजमार्ग अवरुद्ध

चोभार र समल सडकमा पहिरोले विद्युत् लाइनमा क्षति, चोभार–दक्षिणकाली राजमार्ग अवरुद्ध

कीर्तिपुरका वडा नम्बर ६ चोभार र वडा नम्बर ३ को समल सडक खण्डमा पहिरोले विद्युत् लाइनमा गम्भीर क्षति पुर्‍याएको छ। यस क्षेत्रको चोभार-दक्षिणकाली राजमार्गमा ठाउँमा पहिरो खसेको कारण यातायात अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा यातायातमा कठिनाइ भएको छ र सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

स्थानीय प्रशासनले टौदह-लंगोल-छुगाउँ वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। यस मार्गमा पनि सावधानीपूर्वक यात्रा गर्नुपर्ने बताइएको छ। यातायात सहज बनाउन र पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिनका लागि सम्बन्धित निकायलाई सक्रिय पारिएको छ।

पहिरोका कारण विद्युत आपूर्तिमा समेत समस्या भएकोले त्यहाँका स्थानीयवासीले अन्धकारमा समय बिताउन बाध्य भएका छन्। पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सतर्क रहन र आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न अपिल गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू