Sunrise appliances
Homeकाठमाडौं"कीर्तिपुर नगरपालिकाद्वारा चाडपर्व लक्षित बजार अनुगमन: अखाद्य सामग्रीसहित दर्ता नभएका पसलहरूमा कारवाही"

“कीर्तिपुर नगरपालिकाद्वारा चाडपर्व लक्षित बजार अनुगमन: अखाद्य सामग्रीसहित दर्ता नभएका पसलहरूमा कारवाही”

कीर्तिपुर नगरपालिकाले चाडपर्वको अवसरलाई लक्षित गरी वडा नं ९ स्थित टाउनप्लानिङ क्षेत्रमा विभिन्न खाद्य सामग्रीहरू बेचबिखन गर्ने पसलहरूमा अनुगमन प्रक्रिया तीव्र बनाएको छ। नगरपालिकाले चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य वृद्धि गर्ने, गुणस्तरहीन वा म्याद नाघेका सामग्री बिक्री गर्ने, र नापतौलमा ठगी गर्ने जस्ता अनियमितता रोक्न उद्देश्यका साथ यो अनुगमन अभियान सुरु गरेको हो।

आजको अनुगमनका क्रममा ७ वटा पसलमा अनुगमन गरिँदा अधिकांश पसलहरू कानूनी रूपमा दर्ता नभई सञ्चालनमा रहेका पाइए। साथै, ठुलो परिमाणमा अखाद्य तेल, खाद्यान्न, र चकलेटजस्ता म्याद नाघेका सामग्रीहरू पनि बरामद गरिएको छ। यी वस्तुहरू नगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिई कानूनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

नगरपालिकाले विशेष गरी चाडपर्वको समयमा उपभोक्ताहरू ठगिन नपरोस् भन्ने उद्देश्यले बजार अनुगमनलाई कडाइका साथ सञ्चालन गर्दै आएको छ। अनुगमन टोलीका प्रमुख शान्ता पाठकका अनुसार, यस किसिमको अनुगमन अभियानलाई अझ सशक्त बनाउँदै उपभोक्ताको स्वास्थ्य र आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने प्रयास नगरपालिकाले गरिरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू