Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर–९ मा ढिस्को खस्दा ५० वर्षीय प्रल्हाद महर्जन बेपत्ता, खोजी कार्य तीव्र

कीर्तिपुर–९ मा ढिस्को खस्दा ५० वर्षीय प्रल्हाद महर्जन बेपत्ता, खोजी कार्य तीव्र

कीर्तिपुर वडा नं. ९ स्थित भाजंगाल खोल्सो (ढुंगःचा खोँच) मा आज बिहान करिब साढे ८ बजेको समयमा ढिस्कोसहित एक व्यक्ति खस्दा उद्धार प्रयास जारी छ। प्रत्यक्षदर्शीहरूका अनुसार, नजिकैको घरका अन्दाजी ५० वर्षीय प्रल्हाद महर्जन बिहान झाडी काट्ने क्रममा अचानक ढिस्कोसहित खोल्सोमा खसेका हुन्। घटनापछि स्थानीय बासिन्दाहरू, सशस्त्र प्रहरी बल र कीर्तिपुर प्रहरीको टोली तत्काल घटनास्थलमा परिचालित भएको छ र खोजीकार्य तीव्र रूपमा अघि बढाइएको छ।

घटनास्थलमा रहेका स्थानीयहरूले बिहानको वर्षाका कारण खोल्सोमा पानीको बहाव तीव्र रूपमा बढेको बताएका छन्, जसले खोजी तथा उद्धार कार्यमा चुनौती थपेको छ। प्रहरी र उद्धार टोलीले सम्भावित ठाउँमा निरन्तर खोजी गरिरहेका छन्। हालसम्म महर्जनको अवस्था अज्ञात रहेको छ भने थप खोजीकार्यलाई प्रभावकारी बनाउन प्रयास भइरहेको जानकारी प्राप्त भएको छ।

स्थानिय अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन नागरिकहरूलाई आग्रह गरेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू