Sunrise appliances
Homeकाठमाडौंनवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा र आराधनामा देशभर भक्तजनहरूको सहभागिता

नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा र आराधनामा देशभर भक्तजनहरूको सहभागिता

काठमाडौं । नवरात्रको दोस्रो दिन अर्थात् आजका दिन देशभरका दसैँघर र पूजा कोठाहरूमा नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा र आराधना गरिँदैछ।

नवरात्रको पहिलो दिन, बिहीबार, वैदिक विधिपूर्वक घटस्थापना गरेर जौँको जमरा राखिएको थियो। यस दिन देवी शैलपुत्रीको आह्वान गरेर विधिवत पूजा गरिएको थियो। आज भने ब्रह्मचारिणी देवीको आह्वान गर्दै पूजा गरिँदै छ।

नवरात्रको नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत, लगायतका देवी स्तोत्रहरूको पाठ गरिन्छ। धार्मिक मान्यता अनुसार, नवरात्रका दिनमा देवीको आराधना गरेर पूजा गर्दा शक्ति, ऐश्वर्य, र विद्या प्राप्त हुन्छ। यही कारण सनातन धर्मावलम्बीहरू आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवमीसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमा सम्म लगाइन्छ।

ब्रह्मचारिणी देवीको स्वरुप अत्यन्तै आध्यात्मिक छ। संसारका मुमुक्षु प्राणीहरूलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउन निरन्तर लाग्ने मान्यतामा आधारित भएर यी देवीलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणी देवीलाई हातमा कमल, अक्षमाला, र कमण्डलु भएको रूपमा चित्रण गरिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ। शक्तिपीठमा गएर देवीको पूजाआराधना र दर्शन गर्दा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, र सुख-शान्ति मिल्ने विश्वास रहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू