Sunrise appliances
Homeकाठमाडौंखाेल्साेमा खसेर हराएका प्रल्हाद महर्जनकाे खाेजी कार्य जारी, संयुक्त सुरक्षा टाेली कटवाल...

खाेल्साेमा खसेर हराएका प्रल्हाद महर्जनकाे खाेजी कार्य जारी, संयुक्त सुरक्षा टाेली कटवाल दहसम्म परिचालित

चोभार, काठमाडौं – हिजो खाेल्साेमा खसेर हराएका प्रल्हाद महर्जनकाे खाेजी कार्य आज पनि जारी रहेको छ। हिजो बिहान मुसलधारे वर्षापछि अत्यधिक पानीको बहाव बढ्न पुगेको ढुंगाःचा खोल्सोमा महर्जन खसेका थिए। खोल्सोको डिलबाट खस्दा उनी ह्युम पाइपभित्र फसेको आशंका गरिएको छ, जसले घटनाको गम्भीरता अझै बढाएको छ।

उक्त जोखिमपूर्ण घटनाको सामना गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा खोजी कार्य जारी छ। हिजो दिनभर खोजी गरिए पनि महर्जनको कुनै सुराक नलागेपछि आज बिहान ७ बजे पुनः खोजी कार्य सुचारु गरिएको हो।

सुरक्षाकर्मीहरूको संयुक्त टोलीले ढुंगाःचा खोल्सो हुँदै कटवाल दहसम्म खोजी अभियानलाई विस्तार गरेको छ।

प्रल्हाद महर्जन हिजो बिहान पानीको तीव्र बहावको चपेटामा परेका थिए। यस्ता घटनाहरूमा शीघ्र उद्धारका प्रयासहरू भए पनि कठिन भू-भाग र अत्यधिक पानीको कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। स्थानीय बासिन्दाहरूको सहयोगमा सुरक्षा निकायले महर्जनलाई सकुशल फेला पार्न सबै उपायहरूको प्रयोग गरिरहेका छन्।

उक्त घटनाले स्थानिय बासिन्दामा त्रास फैलाएको छ भने, खोजी कार्य पूरा नहुँदासम्म सुरक्षाकर्मीहरूले क्षेत्रको निगरानीलाई तीव्र बनाइराख्ने जानकारी दिएका छन्।

सम्बन्धित अधिकारीहरूले महर्जनको खोजी कार्यलाई अझै तीव्र बनाउने र सम्भावित जोखिमलाई न्यून गर्ने प्रयत्न गरिरहेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू