Sunrise appliances
Homeकाठमाडौंसनाखतपछि प्रल्हादको शव कीर्तिपुर ल्याईंदै, दिखु घाटमा अन्तिम संस्कारको तयारी

सनाखतपछि प्रल्हादको शव कीर्तिपुर ल्याईंदै, दिखु घाटमा अन्तिम संस्कारको तयारी

ललितपुर, गोदावरी ७ – असोज १७ गते बिहान खोल्सो मा खसेर बेपत्ता भएका प्रल्हाद महर्जनको शव ८ दिनपछि गोदावरी ७, डुकुछाप बस्ती तल वागमती नदी किनारमा फेला परेको छ। स्थानीय सन्तमान स्याङताङले हिजो साँझ नदीले बगाएर ल्याएको शव देखेपछि कीर्तिपुरमा खबर गरेका थिए। खबर प्राप्त हुनासाथ कीर्तिपुरबाट परिवार र खोज टोली घटनास्थलमा पुगेको थियो, जहाँ उनीहरूले शवको पहिचान प्रल्हाद महर्जनकै भएको पुष्टि गरे।

प्रल्हाद महर्जन असोज १७ गते बिहान खाल्डोमा खसेपछि बेपत्ता भएका थिए, र खोजीकार्य जारी रहेको थियो। गोदावरीको डुकुछाप क्षेत्रमा वागमती किनारमा उनको शव भेटिनुले परिवार र स्थानीयमा ठूलो शोक छाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पाटन अस्पताल पुर्याएको थियो, जहाँ कानुनी प्रक्रिया पूरा गर्दै शवको सनाखत गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, ललितपुरबाट आवश्यक मुचुल्का पूरा गरिसकेपछि शवलाई कीर्तिपुर ल्याइनेछ। परिवारजनले परम्पराअनुसार कीर्तिपुरको दिखु घाटमा अन्तिम संस्कार गर्ने तयारी गरेका छन्। घटनास्थलमा उपस्थित रमित महर्जनका अनुसार, परिवारजनले आजै अन्तिम संस्कार गर्ने निर्णय लिएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू