Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि नगरपालिकाले २०८१-८२ मा पाँच नगर गौरव योजनाहरू घोषणा, धार्मिक र खेलकुद...

चन्द्रागिरि नगरपालिकाले २०८१-८२ मा पाँच नगर गौरव योजनाहरू घोषणा, धार्मिक र खेलकुद संरचनामा ठुलो लगानी

चन्द्रागिरि नगरपालिकाले २०८१-८२ आर्थिक वर्षका लागि पाँच ठूला नगर गौरव योजनाहरूको घोषणा गरेको छ। प्रत्येक योजनाका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै नगरपालिकाले धार्मिक स्थलहरूको संरक्षण र खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाले यी परियोजनाहरू नेपाल सरकारको समानिकरण अनुदान र आन्तरिक स्रोतबाट वित्तीय व्यवस्थापन गर्दै कार्यान्वयनमा ल्याउने बताएको छ। इन्द्रस्थान मन्दिर परिसर सुधार (दहचोक, वडा नं. १) योजनालाई समानिकरण अनुदानको माध्यमबाट अघि बढाइनेछ भने अन्य चार आयोजना—नैकाप फुटबल मैदान (वडा नं. १४), मातातिर्थ मन्दिर परिसर (वडा नं. ६), मत्स्यनारायण मन्दिर परिसर (वडा नं. ९), र विष्णुदेवी मन्दिर परिसर सुधार (वडा नं. १५) आन्तरिक स्रोतबाट सम्पन्न गरिनेछ।

यी योजनाहरूले चन्द्रागिरि नगरपालिकाको धार्मिक सम्पदालाई थप संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने र स्थानीय खेलकुद गतिविधिलाई बलियो बनाउने नगर प्रमुखको भनाइ छ। यस कदमले नगरको सांस्कृतिक र ऐतिहासिक स्थलहरूको संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ।

चन्द्रागिरि नगरपालिकाले यी आयोजनाहरूलाई आफ्नो नगर गौरवको रूपमा प्रस्तुत गर्दै, नगरको समग्र विकासलाई गति दिने महत्त्वपूर्ण पहल गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू