Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर उपनिर्वाचन २०८१ को चहलपहल: माओवादी केन्द्रका उम्मेदवारहरूको टुंगो

कीर्तिपुर उपनिर्वाचन २०८१ को चहलपहल: माओवादी केन्द्रका उम्मेदवारहरूको टुंगो

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुरमा राजनीतिक गतिविधिहरू तीव्र बन्दै गएका छन्। मेयर पद तथा वडा नं. १ र वडा नं. ४ को वडा अध्यक्षका लागि हुने चुनावमा उम्मेदवारहरूले आ–आफ्नो तयारीलाई अन्तिम रुप दिन थालेका छन्। यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आफ्ना उम्मेदवारहरूको टुंगो लगाउँदै चुनावी प्रतिस्पर्धामा थप सक्रियता देखाएको छ।

वडा अध्यक्षका लागि उम्मेदवार घोषणाा
नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्षका लागि अष्टमान महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। वडा नं. ४ का अध्यक्षका लागि भने नारायण विष्ट उम्मेदवार चयन भएका छन्। यी उम्मेदवारहरूले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेसँगै वडा स्तरमा चुनावी माहोल थप गर्माएको छ।

मेयर पदमा सात आकांक्षी, अन्तिम निर्णय बाँकी
मेयर पदको लागि नेकपा (माओवादी केन्द्र) भित्र सात जना आकांक्षीको नाम अगाडि आएको छ। यिनीहरूका बीच अन्तिम उम्मेदवारको टुंगो भने पार्टीले छिट्टै लगाउने बताइएको छ। मेयर पदमा आकांक्षी रहेका नेताहरूको सूची यस प्रकार रहेको छ:

१. धन बहादुर महर्जन – पाँगा निवासी, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नं. १० ‘क’ का इन्चार्ज।
२. बिष्णु (नारायण) महर्जन – पाँगा निवासी, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नं. १० ‘ख’ का इन्चार्ज।
३. दिलबहादुर महर्जन – नगाउँ निवासी, नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिका अध्यक्ष।
४. बैकुण्ठ महर्जन – पाँगा निवासी, नेकपा (माओवादी केन्द्र) काठमाडौँ निर्वाचन क्षेत्र नं. १० का सचिव।
५. प्रकाश महर्जन – कीर्तिपुर वडा नं. १० नयाँ बजार निवासी, नेकपा (माओवादी केन्द्र) वडा नं. १० का अध्यक्ष तथा नेपाल बुद्धिजीवी संगठन कीर्तिपुरका अध्यक्ष।
६. राम कुमार खड्का – कीर्तिपुर वडा नं. ४ निवासी, नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिका उपाध्यक्ष।
७. लक्ष्मी केसी – वडा नं. ४ निवासी, नेकपा (माओवादी केन्द्र) काठमाडौँ जिल्ला समिति सदस्य।

यसरी उम्मेदवारहरूको नाम सार्वजनिक भएसँगै, कीर्तिपुरको आगामी उपनिर्वाचनमा माओवादी केन्द्रले बलियो उपस्थिति जनाउने संकेत देखिएको छ। पार्टीभित्र नेतृत्व र अनुभव भएका विभिन्न तहका नेताहरूलाई उम्मेदवार बनाउने रणनीति अन्तर्गत वडा र मेयर पदका लागि छानिएका उम्मेदवारहरूले आगामी चुनावमा नागरिकहरूको विश्वास जित्न कसरत गरिरहेका छन्।

तस्बिर : सामाजिक संजाल

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू