राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सोमबार कीर्तिपुर उपनिर्वाचनको आधिकारिक प्रचार-प्रसार कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्ष्य गर्दै राप्रपाले कीर्तिपुर नगरपालिकाका लागि वडा नं. १ र वडा नं. ४ का उम्मेदवारहरूको औपचारिक घोषणा गरेको हो।
उक्त कार्यक्रममा राप्रपाले वडा नं. १ को वडा अध्यक्षका लागि सुरेन्द्र प्रसाद उप्रेती र वडा नं. ४ का अध्यक्षका लागि बिजेस बस्नेतलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गर्यो। यसअघि नै राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयर पदमा इन्जिनियर धुर्व महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको थियो।
अध्यक्ष लिङ्देनको उपस्थिति र सम्बोधनले राप्रपाको चुनावी अभियानलाई थप उर्जा प्रदान गरेको छ। पार्टीले स्थानीय तहमा विकास, स्थायित्व, र नागरिकहरूको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता लिँदै उम्मेदवारहरूको क्षमता र योगदानलाई उच्च प्राथमिकतामा राखेर घोषणा गरेको बताएको छ।