कीर्तिपुर नगरपालिकामा यो वर्षको नेपाल सम्बत ११४५ नयाँ वर्ष भव्य रूपमा मनाउन विशेष तयारी भइरहेको छ। नगरपालिकाले नेपाल सम्बत ११४५ को आगमनलाई उल्लासपूर्वक स्वागत गर्न कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।
यस अवसरमा कीतिृपुर नगरपालिकाको कार्यबाहक प्रमुख शुभलक्ष्मी शाक्य ले राष्ट्रिय विभूति शंखधर साख्वाःको अर्धकदको प्रतिमालाई विशेष सम्मान का साथ यो वर्ष न्हुँ दँ आयोजना गर्ने कीर्तिपुर १० को आयोजक समिति मानत्वालाई हस्तान्तरण गरेको छ। शंखधर साख्वाःले आजभन्दा ११४१ वर्ष पहिले आफूले प्राप्त गरेको अथाह धनबाट ऋणमा डुबेका जनताको ऋण चुक्ता गरी राष्ट्रलाई ऋणमुक्त घोषणा गरी नेपाल संबतको सुरुवात शंखधर साख्वाःले गराएका थिए यही ऐतिहासिक योगदानको सम्मानमा यो कार्यक्रम हरेक वर्ष आयोजना गरिन्छ। यस कार्यक्रममा कीर्तिपुर नगरपालिकाका सबै १० वटा वडाहरुमा विभिन्न सांस्कृतिक प्रदर्शन, नृत्य, संगीत, र मौलिक पहिचान झल्किने कार्यक्रम आयोजना गर्दे आइरहेको छ ।
नयाँ वर्षको स्वागतसँगै समाजका युवाहरु, संस्कृतिप्रेमी र स्थानीयवासीलाई एकैठाउँमा जोड्न र उनीहरुको सहभागिता बढाउन नगरपालिकाले यस वर्ष विशेष योजना तयार पारेको छ। किपू नगरपालिकाका प्रत्येक वडामा स्थानीय परम्परागत संस्कृतिलाई झल्काउने खलः ९धार्मिक र सांस्कृतिक संस्था० मार्फत कार्यक्रम आयोजना गरिने छ।