काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, बनेपा, र धुलिखेलसहित नेवार समुदायको बाहुल्य भएका क्षेत्रहरूमा आज नेपाल संवत् ११४५ को भव्य उत्सव मनाइँदैछ। नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने परम्परालाई निरन्तरता दिँदै नेवार समुदायले कीर्तिपुरमा बिहानैदेखि सांस्कृतिक र ऐतिहासिक पहिरनमा सुसज्जित भई विशाल र्याली प्रदर्शन गरेका छन्। यसपालीको कार्यक्रम आयोजना मानःत्वा टोल समितिको थियो । यस अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिएका छन् जसले परम्परा, संस्कृति, र इतिहासप्रतिको नेवार समुदायको गहिरो आस्थालाई उजागर गरेको छ।
नेपाल संवत्को स्थापना राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि।सं। ९३७ ९इ।सं। ८८०० मा गरीब जनताको ऋण माफीबाट गरेका थिए, जसले नेपालमा मौलिक र ऐतिहासिक संवत्को थालनी गराएको थियो। लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि प्रचलित नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय मान्यता पाएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा। त्रिरत्न मानन्धरले नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै भने, ूयो संवत् नेपालको मौलिक पहिचान हो, जुन लिच्छविकालको राजा राघवदेवको पालाबाट सुरु भई पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्का रूपमा मान्यता पाएको थियो।
वि।सं। २००७ मा प्रजातन्त्र स्थापनासँगै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने आवाज उठ्दै आएको थियो। यही क्रमलाई निरन्तरता दिँदै आज नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षलाई एक विशेष उत्सवका रूपमा मनाइरहेका छन्। यस संवत्को मर्म र महत्वलाई बचाइराख्न विभिन्न ठाउँहरूमा वृहत सांस्कृतिक कार्यक्रम, र्याली, तथा सांस्कृतिक नाचगान गरिएको छ।
देशभरि यो मौलिक संवत्लाई नयाँ वर्षको रूपमा मनाउनु हाम्रो परम्परागत इतिहास, पहिचान, र गौरवको प्रतिक हो।