Sunrise appliances
Homeकाठमाडौंविश्व सरसफाई अभियन्ता राजमान मानवको स्वतन्त्र उम्मेदवारी: कीर्तिपुरको मेयर पदमा स्वच्छ र...

विश्व सरसफाई अभियन्ता राजमान मानवको स्वतन्त्र उम्मेदवारी: कीर्तिपुरको मेयर पदमा स्वच्छ र समृद्ध नगरको परिकल्पना

कीर्तिपुर नगरपालिकाको आगामी उपनिर्वाचनमा स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दै विश्व सरसफाई अभियन्ता राजमान मानवले आफ्नो राजनीतिक पुनरागमनको संकेत गरेका छन्। शनिबार बागभैरवस्थित चियापान कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरेका मानवले नगर विकास, सरसफाई, र जनताको हितका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै कीर्तिपुरलाई स्वच्छ र समुन्नत बनाउने संकल्प व्यक्त गरेका छन्।

राजमान मानवको राजनीतिक यात्रा दशकौँ पुरानो छ। उनले पञ्चायती निर्दलीय व्यवस्थाको समयमा बहुदलीय व्यवस्थाका लागि संघर्ष गर्दै वामपन्थी आन्दोलनमा सक्रियतासँगै अखिल पाँचौंबाट राजनीति सुरु गरेका थिए। कीर्तिपुर र काठमाडौं दक्षिण–पश्चिम भेगमा तत्कालिन माले र पछि एमाले पार्टीको संस्थापन र संगठनमा महत्वपूर्ण भूमिका निभाएका मानव, ०५४ सालको स्थानीय निर्वाचनमा एमालेको विजयपछि कीर्तिपुर नगरपालिकाको सञ्चालनमा समेत अग्रसर रहे।

०६० को दशकको सुरुवातसँगै भने उनी पार्टी संगठनबाट टाढा हुँदै गए, र राजनीतिबाट विश्राम लिँदै कीर्तिपुरमा नेवाः लहना रेष्टुरेन्ट स्थापना गरेका थिए। यसका साथै, उनले कीर्तिपुर महोत्सव आयोजना गर्दै समुदायसँगको सम्बन्ध सुदृढ गरे र विश्व सरसफाई अभियानमा विशेष सक्रियता देखाउँदै अन्तर्राष्ट्रिय सरसफाई अभियन्ता बने। आफ्नो सम्पूर्ण समय र ऊर्जा सरसफाई र सामाजिक सेवामा समर्पण गर्दै उनले राजनीतिक क्षेत्रबाट दूरी बनाएका थिए।

हाल कीर्तिपुर नगरपालिकाको उन्नतिका लागि पुनः उम्मेदवार बनेका मानवले स्वच्छ, स्वस्थ, र समृद्ध नगरको परिकल्पना प्रस्तुत गर्दै सर्वसाधारणमा लोकप्रियता बढाइरहेका छन्। उनको उम्मेदवारीलाई कीर्तिपुरमा नयाँ आशाको रूपमा लिइएको छ, जहाँ उनी आफ्नो अनुभव, अन्तर्राष्ट्रिय अभियन्ता छवि, र स्वच्छता अभियानप्रतिको प्रतिबद्धता सहित नगरका समस्याहरूको समाधानमा लाग्ने अठोटमा छन्।

राजमान मानवको उम्मेदवारीले कीर्तिपुरमा राजनीतिक वातावरणलाई नयाँ उत्साह प्रदान गर्दै छ, जहाँ उनी सामाजिक र प्राविधिक दृष्टिकोणबाट विकासलाई प्राथमिकता दिँदै नगरको रूपान्तरणमा कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरिरहेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू