प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभी फुटेजबाट लिइएको एक तस्वीर बुधबार राति सार्वजनिक भएको छ। तस्वीरमा उनी सिरक ओढेर सुतिरहेको अवस्थामा देखिन्छन्।उक्त तस्वीर बाहिरिएपछि लामिछाने नेतृत्वको रास्वपाका नेताहरूले कडा आपत्ति जनाएका छन्। पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको व्यक्तिगत गोपनीयतामाथि प्रश्न उठाउँदै रास्वपाले घटनाको निन्दा गरेको छ।
रास्वपाका नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त तस्वीर राख्दै प्रहरीले नै नियतवश सार्वजनिक गरेको दाबी गरेका छन्। उनले गोपनीयता हननको यो घटना भत्र्सनायोग्य रहेको भन्दै सरकार र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।नेता बोहराले भनेका छन्, “यस्तो खालको कार्यले न केवल कानुनी प्रक्रिया प्रतिको विश्वास कमजोर बनाउँछ, बल्कि राजनीतिक रूपमा पनि अनुचित व्यवहारको संकेत दिन्छ। यसबारे तुरुन्त छानबिन गरिनुपर्छ।”यस घटनाले हिरासतमा रहेका व्यक्तिको गोपनीयता संरक्षणको सवालमा पुनः बहस सुरु गराएको छ। प्रहरी प्रशासनले घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।