Sunrise appliances
Homeकाठमाडौंकाठमाडौंको न्यूनतम तापक्रम घट्यो, साँझ खण्डित वर्षाको सम्भावना

काठमाडौंको न्यूनतम तापक्रम घट्यो, साँझ खण्डित वर्षाको सम्भावना

काठमाडौं, पुस २८ – शनिबारको तुलनामा आइतबार काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ। शनिबार यो तापक्रम ५.७ डिग्री सेल्सियस थियो।

मौसमविद् बिनु महर्जनका अनुसार आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौंमा पनि पर्नेछ। यसले दिउँसो काठमाडौंमा हल्का बादल लाग्ने सम्भावना छ, जसले गर्दा अधिकतम तापक्रम पनि केही घट्ने अनुमान गरिएको छ।

आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। साँझतिर खण्डित वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्।

“साँझ माथिल्लो भूभागमा खण्डित वर्षा हुने सम्भावना छ। वर्षा छिटपुट रुपमा हुने देखिन्छ,” उनले जानकारी दिइन्।

गत हप्ता काठमाडौंको न्यूनतम तापक्रममा लगातार उतारचढाव देखिएको छ। आइतबार ७.२ डिग्री सेल्सियस रहेको तापक्रम सोमबार ८.१ डिग्री, मंगलबार ७ डिग्री, बुधबार ६.३ डिग्री, बिहीबार ४.५ डिग्री, शुक्रबार ४.६ डिग्री र शनिबार ५.७ डिग्री सेल्सियसमा मापन गरिएको थियो।

मौसमविद्हरूका अनुसार न्यूनचापीय प्रणालीको प्रभावले यो साता पनि काठमाडौंको मौसममा उतारचढाव जारी रहने सम्भावना छ। तापक्रम घट्ने र वर्षाको सम्भावना रहेका कारण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू