Sunrise appliances
Homeकाठमाडौंसालीनदी माधवनारायण मेला आजदेखि सुरु, ऐतिहासिक परम्परा अनुसार ब्रतधारीहरू त्रिवेणीमा स्नान गरी...

सालीनदी माधवनारायण मेला आजदेखि सुरु, ऐतिहासिक परम्परा अनुसार ब्रतधारीहरू त्रिवेणीमा स्नान गरी पूजा आरम्भ (फोटाे फिचर)

काठमाडौँ, पुस २९: हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने ऐतिहासिक र धार्मिक महत्व बोकेको सालीनदी माधवनारायण मेला आजबाट सुरु भएको छ। यस मेलाको प्रारम्भसँगै ब्रतधारीहरूले बिहानै त्रिवेणीमा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा आरम्भ गरेका छन्।

ब्रत बस्न चाहने व्यक्तिहरूले विशेष नियम पालना गर्नुपर्ने परम्परा रहेको छ। ब्रत प्रारम्भ गर्नुअघि एक दिन निराहार बस्नुपर्ने, बिहान चोखो जल र पूजा सामग्रीका साथ त्रिवेणीमा स्नान गरी माधवनारायणको पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गर्दै मन्त्रोच्चारण गर्नुपर्ने, साथै शङ्ख जल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता प्रयोग नगर्ने चलन रहेको छ।

इतिहास अनुसार ने.सं. ७२२ मा भक्तपुरका राजा रणजीत मल्लले स्वयं यो ब्रत व्यवस्थापन गरेको कुरा एक शिलालेखमा उल्लेख गरिएको छ। धार्मिक आस्था, अनुशासन, र ऐतिहासिक परम्पराको प्रतीक मानिने यो मेला वर्षेनि लाखौँ भक्तजनका लागि आस्था र प्रेरणाको केन्द्र बन्ने गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू