Luniva Global
HomeकाठमाडौंNAPFS अन्तरविद्यालय सशस्त्र आईजी रनिङ ट्रफी फुटबल: सांग्रीला, सैनिक आवासीय र ब्राइट...

NAPFS अन्तरविद्यालय सशस्त्र आईजी रनिङ ट्रफी फुटबल: सांग्रीला, सैनिक आवासीय र ब्राइट होराइजनको प्रभावशाली जित

कीर्तिपुरमा जारी “दोस्रो NAPFS अन्तरविद्यालय सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता–2081” अन्तर्गत माघ २५ गतेका खेलहरूमा सांग्रीला पब्लिक स्कूल, सैनिक आवासीय महाविद्यालय सल्लाघारी, र ब्राइट होराइजन चिल्ड्रेन्स होमले शानदार जित दर्ता गरेका छन्।

पहिलो खेलमा सांग्रीला पब्लिक स्कूल, काठमाडौंले जनसेवा सेकेन्डरी स्कूल, कीर्तिपुरलाई ७–४ को गोल अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्यो। सांग्रीलाका लागि गोरख तामाङ, समिर खड्का, जीवन ब्लोनले समान २-२ गोल तथा विकेक शाहीले १ गोल गरे। जनसेवा सेकेन्डरी स्कूलका मिलन सहकारीले ह्याट्रिक गर्दै ३ गोल तथा गोकर्ण बडवानले १ गोल फर्काएका थिए।

दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले जेम्स स्कूल, ललितपुरलाई २–१ को संघर्षपूर्ण जित दर्ता गर्यो। सैनिक आवासीयका लागि सफल थापा मगरअविराज महतले १-१ गोल गरे। जेम्स स्कूलका तर्फबाट सुभास हङ्ग मधेनले एक मात्र सान्त्वना गोल गरे।

तेस्रो खेलमा ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातीर्थले नेपाल पुलिस स्कूल, साँगालाई ३–१ को गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित हासिल गर्यो। ब्राइट होराइजनका प्रवेश शाही, विनोद गुरुङ, र सन्देश महत्वले समान १-१ गोल गरेका थिए। नेपाल पुलिस स्कूलका तर्फबाट दिप्सन पाण्डेले एक मात्र गोल गरेका थिए।

हिजोका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू सांग्रीलाका जीवन ब्लोन, सैनिक आवासीयका सफल थापा मगर, र ब्राइट होराइजनका हेमराज शाहीलाई स्कूल सुरक्षा बेसका प्रमुख सप्रनि मनोज विष्ट र वरिष्ठ संयोजक शिक्षक पशुपति अर्यालले प्लेयर अफ द म्याच ट्रफी प्रदान गरे।

आज (२०८१ माघ २६) हुने खेलहरू

१. नेपाल एपीएफ स्कूल, कीर्तिपुर (A) vs. राई स्कूल
२. नेपाल एपीएफ स्कूल, कीर्तिपुर (B) vs. ग्रिन भिलेज एजुकेशन फाउन्डेशन, कीर्तिपुर

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू