Luniva Global
Homeकाठमाडौंचन्द्रागिरिमा १५ शय्याको प्राथमिक अस्पताल निर्माण तीव्र, राफ्ट बेस ढलान अन्तिम चरणमा

चन्द्रागिरिमा १५ शय्याको प्राथमिक अस्पताल निर्माण तीव्र, राफ्ट बेस ढलान अन्तिम चरणमा

चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पतालको राफ्ट बेस ढलान अन्तिम चरणमा पुगेको छ। चन्द्रागिरि नगरपालिका–४ स्थित चन्द्रागिरि प्राथमिक अस्पताल नजिकै निर्माण भइरहेको यो अस्पतालको १,१७० वर्ग मिटर क्षेत्रफलको बेस ढलान कार्य पूरा भएपछि अन्य संरचनात्मक काम अघि बढाइनेछ।

नगर प्रमुख घनश्याम गिरीले आज अस्पताल निर्माण स्थलको निरीक्षण गर्दै निर्माण पक्षलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्। करिब २० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त प्राथमिक अस्पतालसँगै जर्मन विकास बैंक (KfW) को आर्थिक सहयोगमा करिब १ अर्ब रुपैयाँको परोपकार प्रसूति अस्पताल पनि निर्माण हुने तयारीमा छ।

परोपकार प्रसूति अस्पतालको प्रारम्भिक कार्यहरू पूरा भइसकेका छन्, र टेन्डर प्रक्रियाका लागि तयारी भइरहेको छ। नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यी अस्पतालहरूलाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू