कीर्तिपुर नगरपालिकाभित्र दीर्घकालदेखि जटिल समस्याका रूपमा रहँदै आएको स्ववासी/बेनिस्सा घरजग्गा दर्ता प्रक्रिया अघि बढाउन नेकपा (एमाले) का नेताहरूको नेतृत्वमा विशेष पहल थालिएको छ।
नेकपा (एमाले) काठमाडौं जिल्ला उपसचिव बिन्दु महर्जन को नेतृत्वमा कीर्तिपुर नगरपालिका वडा नं. १० का वडा सदस्य सुदन महर्जन, नेकपा (एमाले) नगर अध्यक्ष चिनिकाजी श्रेष्ठ, उपसचिव सुशील महर्जन, पूर्व कर्मचारी हिरा बहादुर महर्जन सहित सरोकारवालाहरूको उपस्थितिमा सम्बन्धित निकायमा मन्त्री तथा सचिवस्तरीय ध्यानाकर्षण गराइएको छ।
यस विषयमा सम्बन्धित मन्त्री र सचिव को सकारात्मक प्रतिक्रिया रहेको छ। पार्टीको नेतृत्वमा स्थानीयबासीको लामो समयदेखिको समस्या समाधान गर्न पहल निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।