कीर्तिपुर, २०८१ फाल्गुन २२ – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कीर्तिपुरमा महिला हस्तकला तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ। मा-क्वः-चा गार्डेनको आयोजनामा फाल्गुन २४ गते कीर्तिपुर नगरपालिका–२, देवढोका सस्पेन्सन ब्रिजस्थित मा-क्वः-चा गार्डेनमा हुने उक्त प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
यस प्रदर्शनीमा किर्तिपुरका महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरू तथा स्थानीय उद्योगहरूद्वारा निर्मित उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिनेछ। कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नम्बर २ को सहकार्यमा सञ्चालन हुन लागेको हो। साथै, तपाेभुमी महिला समूह, इन्द्रायणी महिला समूह, देवढोका महिला समूहको सहआयोजनामा हुने यस प्रदर्शनीमा महिलाहरूले आफ्नो सीप प्रदर्शन गर्न अवसर प्राप्त गर्नेछन्।
कार्यक्रम कीर्तिपुर उध्योग वाणिज्य संघ , नेपाल लघु तथा घरेलु उद्योग महासंघ काठमाडौं, तथा JCI किर्तिपुरको सहकार्यमा आयोजना गरिंदैछ। किर्तिपुर अनलाइन र नव एफएम १०६.६ मेगाहर्ज यस प्रदर्शनीका मिडिया पार्टनर रहेका छन्।
स्थानीय महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा स्थानीय समुदाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।